ओलीको प्रश्न- भारतले पटक-पटक नाकाबन्दी गर्दा किन चीनतिर नाका खोल्न सकेनन् ? (भिडिओ) – Nepal Press

ओलीको प्रश्न- भारतले पटक-पटक नाकाबन्दी गर्दा किन चीनतिर नाका खोल्न सकेनन् ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु दलले चिताउनै नसक्नै काम आफूले दुई वर्षमा गरेर देखाएको दाबी गरेका छन् । पार्टीको मिसन ग्रासरुट अभियान समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले लोकप्रिय पार्टी बनेर आएको बताए ।

एमालेले विकास निर्माणको कामलाई तीव्रता दिएपछि घेराबन्दी भएको उनको बुझाइ छ ।

उनले भने, ‘अरुको हिम्मतले सोच्न पनि नसक्ने काम हामीले गरेर देखाइदिएका छौं । नेपालको उत्तरपट्टि चीन केपी ओली प्रधानमन्त्री हुनुभन्दा पहिले पनि थिएन र ? तर, किन बाटो खोलिएन ? पहिलो पटक नाकाबन्दीको मार खाएको होर ? पहिले पनि धेरैपटक नाकाबन्दीको मार खाएको होइन ? उत्तरतिर नाका खोल्न किन सकेनन् ।’

सरकारले अहिलेसम्म आफ्नो जमिनलाई आफ्नो भन्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर