ओलीको कटाक्ष- हामीले बनाइदिएको न्यूनतम साझा कार्यक्रम बिगारेर आफ्नो बनाएछन् (भिडिओ) – Nepal Press

ओलीको कटाक्ष- हामीले बनाइदिएको न्यूनतम साझा कार्यक्रम बिगारेर आफ्नो बनाएछन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राजनीतिक स्थिरता नभएकाले अप्ठ्यारो अवस्थामा गुज्रिरहेको बताएका छन् ।

पार्टीको ‘मिसन ग्रासरुट’ अभियान समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै केही व्यक्तिहरूले जानिबुझी पनि देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए ।

उनले भने, ‘जनतालाई अल्मल्याएर केही कुराहरू थोपरिए । जुन कुरालाई अहिले हामीले संविधानअनुसार भनेर स्वीकार्न बाध्य भएका छौं । जसले गर्दा सहज कसैको बहुमत आउने स्थिति छैन । तर, आउँदै नआउने पनि होइन ।’

एक्लै बहुमत नआउने भएकाले नीति नभएका चारतिर फर्किएका मिलेर सरकार बनाउने अवस्था रहेको बताए ।

उनले भने, ‘देश नीतिहीनतातिर जाने भयो । एकल पार्टीको सरकार बन्ने भएको पनि म यो नीतिसहितको काम गर्छु भन्छ । तर, अहिले यहाँ न्यूनतम साझा कार्यक्रम बनाउनुपर्नेछ । न्यूनत साझा कार्यक्रम भनेको मोटामोटी हामीले लेखिदिएको कार्यक्रमको हो । हिजो पनि अहिले पनि तर त्यसलाई बिगारिदिन्छन् । अलिकति बिगारेपछि त बेग्लै भइहाल्छ नि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर