मुख्यमन्त्री चौधरीले मागे विश्वासको मत, प्रतिपक्षसँग सहकार्य गर्ने प्रतिबद्धता – Nepal Press

मुख्यमन्त्री चौधरीले मागे विश्वासको मत, प्रतिपक्षसँग सहकार्य गर्ने प्रतिबद्धता

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत मागेका छन् ।

सम्बोधनका क्रममा उनले प्रदेशका नागरिकको जीवनस्तर सुधार गर्न आर्थिक समृद्धिको लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने प्रतिबद्धता जनाए ।

‘आशा र विश्वास दिलाउनेगरी काम गर्नुपर्ने छ, केन्द्र सरकारसँग अधिकार प्राप्तिको लागि हामी सबै सँगै हिँड्नुपर्ने छ । सँगै हिँड्ने वातावरण निर्माण गर्छु’, उनले भने ।

मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा चौधरीले विश्वासको मत मागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारीमा छन् चौधरी ।

अहिलेका मन्त्रीको जिम्मेवारी तोकिएको छैन । विश्वासको मत पाएलगत्तै मन्त्रीहरूको जिम्मेवारीसमेत तोकिने बताइएको छ ।

नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले विश्वासको मत नदिने जनाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर