एसीसी प्रिमियर कपः प्लेयर अफ द टुर्नामेन्ट बने सन्दीप लामिछाने – Nepal Press

एसीसी प्रिमियर कपः प्लेयर अफ द टुर्नामेन्ट बने सन्दीप लामिछाने

भृत्य अरविन्द सर्वोत्कृष्ट ब्याट्सम्यान, बिलाल खान सर्वोत्कृष्ट बलर

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रतियोगितामा उत्कृष्ट बलिङसँगै ब्याटबाट समेत उनले नेपाललाई जिताउन योगदान दिएका थिए ।

प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए ।

सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । उनले प्रतियोगितामा दुईवटा १५०माथिको स्कोरसहित सर्वाधिक रन बनाएका थिए ।

यसैगरी सर्वोत्कृष्ट बलरको उपाधि ओमानका बिलाल खानले पाएका छन् । उनले प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *