टिम ह्यान्डसेकका क्रममा आसिफ र मुस्तफाबीच फेरि भनाभन, ज्ञानेन्द्रले गरे हस्तक्षेप – Nepal Press

टिम ह्यान्डसेकका क्रममा आसिफ र मुस्तफाबीच फेरि भनाभन, ज्ञानेन्द्रले गरे हस्तक्षेप

काठमाडौं । प्राय विपक्षी टिमका खेलाडीहरूसँग लफडा गरिरहने यूएईका क्रिकेटर हुन् रोहन मुस्तफा ।

आज एसीसी प्रिमियर कपको फाइनलमा पनि उनी आफ्नो स्वभाव देखाउन चुकेनन् । यसपालि उनले नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेखसँग लफडा गरे ।

नेपालको ब्याटिङका दौरान मुस्तफा र आसिफबीच भनाभन भएको थियो । आसिफ ब्याटिङका लागि क्रिजमा छँदा मुस्तफा एकपछि अर्को कडा अपिल गरिरहेका थिए ।

नेपालका ब्याट्सम्यान गुल्शन झालाई गरेको अपिलमा अम्पायरले आउट नदिएपछि थर्ड अम्पायरमा पाइएको थियो । थर्ड अम्पायरले पनि हरियो बत्ती देखाइदिँदा मुस्तफाले संयम गुमाउन पुगे ।

मुस्तफाको अनावश्यक नोकझोकले आसिफलाई पनि उत्तेजित तुल्यायो । त्यसपछि यी दुईबीच भनाभन भएको थियो । यूएईका कप्तान मुहम्मद वसिम र अम्पायरहरुले उनलाई सम्झाएका थिए ।

आसिफ कुल भए पनि मुस्तफा भएनन् । उनले आसिफनेर आएर उनलाई ओठमा चुम्मा दिएको संकेत गरे । त्यसको दुई ओभरपछि आयान अफजल खानको बलमा आसिफ आउट भए ।

खेलका दौरान भएको यो विवाद खेलपछि पनि तन्कियो । नेपालले जितिसकेपछि टिम ह्यान्डसेकका दौरा फेरि मुस्तफा र आसिफबीच भनाभन भयो ।

यसपालि नेपाली टिमका खेलाडी ज्ञानेन्द्र मल्लले हस्तक्षेप गरेका थिए । उनले आसिफलाई तानेर लगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर