नेपाली क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई – Nepal Press

नेपाली क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली टोलीलाई बधाई दिएका छन् ।

यूएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको राष्ट्रिय टोलीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले उच्च सम्मानसहित सरकारका तर्फबाट प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रचण्डले खेलाडीहरूको हौसला बढाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई टीयू क्रिकेट मैदान पठाएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै मैदानमै जितको खुसी साटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *