यूएईविद्ध गुल्शन झाको साहसिक अर्धशतक, नेपाल जितनजिक – Nepal Press

यूएईविद्ध गुल्शन झाको साहसिक अर्धशतक, नेपाल जितनजिक

काठमाडौं । एसीसी प्रिमियर कप फाइनलमा युवा ब्याट्सम्यान गुल्शन झाले नेपालको उद्धार गरेका छन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले ७५ बलमा आफ्नो दोस्रो एकदिवसीय अर्धशतक पूरा गरे ।

२२ रनमै तीन विकेट गुमाएको अवस्थाबाट टिमलाई उकास्दै गुल्शनले जिततर्फ डोहोर्‍याएका हुन् । प्रतिकूल कन्डिसनमा नेपालमाथि हावी भइरहेको यूएई गुल्सनको प्रत्याक्रमणले ब्याकफुटमा आएको थियो । स्पिनरहरुमाथि उनले ठूला सट खेलेपछि यूईले फास्ट बलर प्रयोग गर्न बाध्य भयो । अन्यथा उसले सुरुदेखि आफ्नो आक्रमण स्पिनमा केन्द्रित गरेको थियो ।

गुल्शनले अहिलेसम्म ४ छक्का र ३ चौका प्रहार गरिसकेका छन् । उनलाई क्रिजमा अर्का युवा ब्याट्सम्यान भीम सार्कीको साथ छ । भिमले परिस्थितिको मागअनुसार निकै सुझबुझपूर्ण ब्याटिङ गरिरहेका छन् ।

यसअघि विश्वकप लिग २ को अन्तिम खेलमा पनि यूएई विरुद्ध गुल्शनले अर्धसशकीय इनिङ खेल्दै नेपाललाई जित दिलाएका थिए । उनको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले विश्वकपको ग्लोबल क्वालिफायर्समा स्थान बनाएको छ । आज उत्तिकै महत्वपूर्ण म्याचमा गुल्शनको ब्याट चलेको छ । उनलाई तेस्रो नम्बरमा पठाउने नेपाली टिमको निर्णय मास्टरस्ट्रोक सावित भयो । टिमलार्ई चाहिएको बेला उनले डेलिभरी दिएका छन् ।

अर्धशतकतर्फ नजिकिने क्रममा गुल्शन केही दबाबमा देखिएका थिए । उनले धेरै बल प्ले एन्ड मिस गरे । ४९ रनको स्कोरमा उनले ११ डट बल खेलेका थिए । गुल्सन दबाबमा देखिँदा भीमले आक्रामकता देखाउँदै नेपालको स्कोरबोर्ड चलाएमान बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर