२० ओभरको खेल सकियो, डीएलमा नेपाल धेरै अगाडि – Nepal Press

२० ओभरको खेल सकियो, डीएलमा नेपाल धेरै अगाडि

काठमाडाैं । नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नतिजा आउने निश्चित भएको छ । २० ओभरको खेल सकिएसँगै खेलमा हार जित निश्चित भएको हो ।

डिएल मेथड अनुसार नेपालले ३ विकेट गुमाएको अवस्थामा जितका लागि २० ओभरमा ४७ रन बनाउनुपर्ने थियो । नेपालको स्कोर अहिले ६८ रन छ । अर्थात् नेपाल डिएल मेथडमा धेरै अगाडि भएकाले तत्काल वर्षा भएर खेल हुन सकेन भने नेपालले जित्ने छ ।

सुरुमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई गुल्शन झाले माथि उकासेका हुन् । उनले ४ छक्कासहित ४६ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर