पूर्वगृहमन्त्री बादलका सल्लाहकार पक्राउ – Nepal Press

पूर्वगृहमन्त्री बादलका सल्लाहकार पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो।

उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको हो ।

जिल्ला अदालत काठमाडौंबाट केही दिन अगाडि नै पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनकाे खोजी गरिरहेको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उनीमाथि सोधपुछ सुरू भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *