नेपालगन्जको बागेश्वरी मन्दिरका मूल महन्तले ज्ञानेन्द्रलाई राजाकै सम्मान दिएको भन्दै आलोचना – Nepal Press

नेपालगन्जको बागेश्वरी मन्दिरका मूल महन्तले ज्ञानेन्द्रलाई राजाकै सम्मान दिएको भन्दै आलोचना

रुपन्देही । बाँकेको नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा २ महिनादेखि सञ्चालन गरिएको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र सोमबार परिवारका सदस्य सहभागी भएका छन् ।

उनलाई यहाँका मूल महन्तले अति विशिष्ट सम्मान दिएका छन् । महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा सहभागी भएपनि उनका छोरा पारस भने सहभागी भएका थिएनन् ।

उनीहरूलाई राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणा, बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीलगायतले स्वागत गरेका थिए ।

यो मन्दिरमा हरेक सोमबार महाआरती हुने गरिएकोमा आरतीको १४ औँ संस्करणमा पूर्वराजाका परिवार पुगेका हुन् ।

पूर्वराजाबाट नागरिक बनेका ज्ञानेन्द्रलाई महाआरतीमा बागेश्वरीका मूल महन्त चन्दननाथ योगीले राजाकै सम्मान प्रदान गरेको भन्दै स्थानीयले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

सर्वसाधारण भक्तजनहरूलाई दुर्व्यवहार गर्दै आएका मूल महन्तले पूर्वराजासहित परिवारलाई भने अति विशिष्ट सम्मान दिँदै विशेष आसनमा बसालेको भन्दै स्थानीयले सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।

पूर्वराजाका परिवारलाई हेर्न भीड लागेको थियो । शाह राजपरिवार बागेश्वरी मन्दिरमा केही बेर पूजा गरेपछि महाआरतीमा सहभागी भएका थिए ।

शुक्रवार नेपालगन्ज पुगेका पूर्वराजा शाहलाई २० गते नेपालगन्जमा राप्रपाका महामन्त्री धवलसम्सेरको अगुवाइमा राजावादीहरूले अभिनन्दन गर्ने तयारी गरेका छन् ।

एक महिना नेपालगञ्ज बस्ने कार्यतालिका बनाएका पूर्वराजाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर