रिटर्नी फेडेरेशनले ‘रिटर्नी संरक्षण कोष’ बनाउने – Nepal Press

रिटर्नी फेडेरेशनले ‘रिटर्नी संरक्षण कोष’ बनाउने

इटहरी । रिटर्नी फेडेरेन नेपाल (आर.एफ.एन.) ले ‘रिटर्नी संरक्षण कोष’ स्थापना गर्ने भएको छ ।

वैशाख १६ र १७ गते कोशी प्रदेशको इटहरीमामा बसेको केन्द्रीय समितिको बैठकले रिटर्नीहरुको आपत विपतमा सहयोगीको लागि कोष बनाउने सहितको विभिन्न निर्णयहरु गरेको प्रचार विभाग प्रमुख जीवन आर्यालले जानकारी दिएकी छन् ।

बैठकले ३ महिना भित्रमा बाँकी रहेका जिल्लामा संगठन बिस्तार गर्ने, विभाग र सञ्जालका कार्यमा तीव्रता गर्ने, वेबसाईट र एपमार्फत सांगठनिक गतिविधिको प्रचार र सदस्यहरुको बिस्तृत तथ्यांक संकलन गर्ने, उद्यमशिलता सम्बन्धी प्रशिक्षण, तालिम, गोष्ठी आयोजना गर्ने कार्ययोजना तयार गरेको छ ।

यसैगरी पार्टीका अन्य केही जनसंगठन झैं रिटर्नी फेडेरेसन नेपाललाई गैरनाफामुलक सामाजिक संस्थाको रुपमा विकास गर्ने ,नेकपा (एमाले) को निर्देशन र आव्हानमा हुने सबैखाले अभियान र कार्यक्रमहरुमा संगठनको सिंगो शक्ति परिचालन गर्ने निर्णय गरिएको छ ।

नियमित रुपमा बैचारिक, कार्यक्रमिक र सांगठनिक प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने बैठकले निर्णय गरेको हो ।

संगठन निर्माण, अभिलेखिकरण, परिचालन, प्रशिक्षण र प्रचारप्रसारलाई प्राथमिक कार्यसूचिमा राखि कठोरताका साथ कार्यान्वयन गर्ने, राज्य तहबाट रिटर्नीहरुको समग्र ब्यवस्थापनको लागि पार्टी मार्फत छुट्टै सरकारी संरचनानिर्माणका निम्ति पहल गर्ने लगायत उधमशिलतालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने योजना समितिले तय गरेको छ ।

विभिन्न प्रदेशहरुमा प्रशिक्षण सहित केन्द्रीय समिति वैठक बस्ने निर्णय अनुसार यस पटक कोशीमा बसेको बैठक आगामी ४ महिना पछि भौतिक रुपमा लुम्बिनीमा बस्ने भएको छ ।

यस अघि पहिलो चरणमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो प्रशिक्षणमा, प्रमुख अतिथी नेकपा एमालेका महासचिव शंकर पोख्रेल, बिशेष अतिथी उप–महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य तथा जनसंगठन संयन्त्र उप–संयोजक रचना खड्का, पार्टी कोशी प्रदेश कमिटी अध्यक्ष तुल्सी न्यौपाने, सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती भण्डारी, ईटहरी उप–महानगर कमिटी अध्यक्ष यम सुब्बा, संगठनका सल्लाहकार उमेश अधिकारी ले फेडेरेशनका प्रतिनिधिहरु विच आफ्नो मन्तव्य राखेका थिए ।

यसैगरी फेडेरेशनको तर्फबाट विभिन्न विभागका नेतृत्व गरेका विभाग प्रमुखहरुले आफ्नो विभागको कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

प्रदेशका अध्यक्ष तथा ईन्चार्जहरुले यस अघि भएका गतिविधि र आगामी कार्ययोजना प्रष्ट पारेका थिए ।

फेडेरेशनका अध्यक्ष ऊत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जेपि सापकोटाले संचालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर