अनेरास्ववियु सिन्धुली जिल्ला अध्यक्षमा प्रशान्त लुङ्गेली निर्वाचित, अन्य को-को ? – Nepal Press

अनेरास्ववियु सिन्धुली जिल्ला अध्यक्षमा प्रशान्त लुङ्गेली निर्वाचित, अन्य को-को ?

सिन्धुली । नेकपा एमाले निकट भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको सिन्धुली जिल्ला अध्यक्षमा प्रशान्त लुङ्गेली मगर निर्वाचित भएका छन् ।

सिन्धुलीमाढीमा वैशाख १६ देखि सुरु भएको १५ औं जिल्ला अधिवेशनबाट लुङ्गेली मगरको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएका छन् ।

कमिटीको सचिव अजय दोङ, सहसचिव शरद बराल, प्रज्वल तिमिल्सिना र सर्मिला राउत, कोषाध्यक्ष प्रदीप माझी र ३१ जिल्ला कमिटी सदस्य सर्वसहमत निर्वाचित भएका थिए । अध्यक्षमा तीन आकांक्षी र उपाध्यक्षमा एक पदको लागि २ आकांक्षी भएर सर्वसहमतको नभएपछि निर्वाचन भएको थियो ।

आइतबार राति भएको मतदनामा प्रशान्त लुङ्गेली मगरले १७८ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए भने सन्तोष घिमिरेले १७३ मत सहित पराजित भए । यता अध्यक्षका अर्का प्रतिस्पर्धी सन्तोष कार्कीले ५ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, उपाध्यक्षमा ललित रजन मगरले १८५ मत प्राप्त विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेलले १७५ मत प्राप्त गरेका थिए ।

जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक दुर्गा भुजेलको अध्यक्षतामा भएको जिल्ला अधिवेशनमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल प्रमुख आतिथ्यता रहेको थिए ।

निर्वाचित जिल्ला कमिटी सदस्यहरुः

कमल हायु

दिपक श्रेष्ठ

दिब्या फुयाल

फुलकुमार वम्जन

विष्णुमाया गोले

ओमकुमार तामाङ

मात्रिका प्रसाद न्यौपाने

सपना कटुवाल

कपिल तिमल्सिना

प्रेम बहादुर पुलामी

विरता राना

कोपिला पहाडी

रोहित पिठाकोटे

बद्री गौतम

दिपक थापा

नमुना चालिसे

हिरा मगर

लालजंग कार्की

विष्णुमाया योन्जन

सुजना खड्का

मान वहादुर वाइवा

मनिषा कुमारी भोलन

सम्झना भोलन

अरुणकुमार सिजाली

कृतिका तिवारी

सन्दिप खाति

सरिता थिङ

केशव कुमार माझी

प्रकास कुमार माझी

रुपा राई

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर