पत्रकार महासंघका पूर्वसभापति आचार्य कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त – Nepal Press

पत्रकार महासंघका पूर्वसभापति आचार्य कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् ।

कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर