पूर्वराजाबारे प्रचण्डको टिप्पणी- जनताले फोहोरमा फ्याँकिसकेका सामन्तका छाउराहरु पूर्वबाट उठ्न खोज्दैछन् (भिडिओ) – Nepal Press

पूर्वराजाबारे प्रचण्डको टिप्पणी- जनताले फोहोरमा फ्याँकिसकेका सामन्तका छाउराहरु पूर्वबाट उठ्न खोज्दैछन् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति असन्तुष्टि जनाएका छन् ।

अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वराजा लक्षित गर्दै जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको बताए ।

उनले भने, ‘हिजो इतिहासमा कुनातिर मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ । इतिहासले, आम नेपाली जनताले, कुन कर्कटमा फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरु पनि उठेर अझै पूर्वबाट रे । मेचीबाट तपाईंहरुले हिसाब गर्नुभएकोे छ नि । मैले त्यसको जवाफ मैले फागुन १ गते जनयुद्ध दिवस बिदा दिएर दिएँ । हामीले त्यसमा गर्भ गरेर त्यस्ता प्रवृत्तिका विरुद्ध खडा हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर