रविलाई नेता चयन गर्न संसदीय दललाई रास्वपा केन्द्रीय समितिको सिफारिस – Nepal Press

रविलाई नेता चयन गर्न संसदीय दललाई रास्वपा केन्द्रीय समितिको सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई नियुक्त गर्ने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकले संसदीय दललाई लामिछानेको नाम सिफारिस गरेको प्रवक्ता मुकुल ढकालले बताए ।

अहिले ३ बजे बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता नियुक्त गर्ने उनले जानकारी दिए । लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएपछि दलको नेतामा डोलप्रसाद अर्याल नियुक्त भएका थिए ।

लामिछाने उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि अर्यालले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर