विश्वप्रकाशलाई ओलीको प्रश्न – जुत्ता कारखाना बन्द हुँदा ठिक भन्नु कतिसम्म दयनिय चिन्तन हो ? (भिडिओ) – Nepal Press

विश्वप्रकाशलाई ओलीको प्रश्न – जुत्ता कारखाना बन्द हुँदा ठिक भन्नु कतिसम्म दयनिय चिन्तन हो ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई छालाजुत्ता कारखाना बन्द हुँदा ठिक भन्नु कतिसम्म दयनिय चिन्तन भएको भन्दै प्रश्न गरेका छन्।

जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै नीजिकरणको नाममा देशको ठुला उद्योग बेचेको आरोप लगाए। उनले भने, ‘हिजो जतिपनि ठुला उद्योग छन् ती बन्द हुँदै गएका छन् गरिएका छन्। तीनलाई नीजिकरण भनेर बेचेर खाने काम भएको छ। नीजिकरणका नाममा जाली खेल खेलेर कमिसनका भरमा कौडीको भरमा बेचेर देशको अर्थतन्त्रलाई टाट पल्टाउने क्रियाकलाप हुनु हुँदैनथ्यो। अहिले पनि हुन खोजिरहेका छन् रोक्नुपर्छ।’

कांग्रेस महामन्त्री शर्मालाई केही समयअघि कृषिप्रधान देशमा अर्काको खुट्टामा लगाउने छालाको जुत्ता उद्योग बन्द भएपनि केही नहुने अभिव्यक्ति दिएका थिए।

त्यहीतर्फ लक्षित गर्दै ओलीले भने, ‘अहिले प्रमुख सत्तासिन दलका नेताहरु छाला जुत्ता कारखाना बन्द भएकोमा कृषि प्रधान देशमा हलो जोत्ने किसानलाई छाला जुत्ता किन चाहियो त्यसकारण बाँसबारी छाला जुत्ता कारखाना ठिक भन्ने अभिव्यक्ति दिन्छन् कतिसम्म दयनिय चिन्तन हो। सत्ताधारी दलका शीर्ष नेताहरुको भनाई मजदुरहरुको देशमा किन चाहियो कागज कारखाना ? मजदुरको देशमा किन चाहियो अर्को कारखाना, आइटी भन्ने नेतृत्व छन्। अनि कसरी बन्छ देश ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर