पूर्वराजा लक्षित ओलीको टिप्पणी- मुसोले दुलोबाट हेरेझैँ व्यवस्थाविरुद्ध अनुकूल समय हेर्दैछन् (भिडिओ) – Nepal Press

पूर्वराजा लक्षित ओलीको टिप्पणी- मुसोले दुलोबाट हेरेझैँ व्यवस्थाविरुद्ध अनुकूल समय हेर्दैछन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पाएको उपलब्धिविरुद्ध अनेक खालका शक्तिहरू सल्बलाउन थालेको टिप्पणी गरेका छन्।

जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनता गम्भीर हुनुपर्ने अवस्था आएको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अनुकूल परिस्थिति आयो कि आएन भनेर दुलोबाट हेरिरहेको टिप्पणी गरे।

उनले थपे, ‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्र र जनताले पाएको उपलब्धिको विरुद्ध, अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन्। कोही कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि। अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजक हुनुपर्छ।’

अहिलेको सरकार जनताले हटाउन नसकेपनि किन बसिरहेको छ ? भन्ने कुरा नै अचम्म लाग्दो भएको टिप्पणी गरे। आफूले सरकार छाडेको दुई वर्ष नपुग्दै देशको अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाए।

यो सरकारले विकास निर्माण, सामाजिक निर्माणको काममा ध्यान नभएको बताए। अहिले कर्मचारीलाई तलब खुवाउन र सरकार छ भन्न बाहेक अरू केही नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर