यूएईमाथि ललितको सनसनीपूर्ण बलिङ, ह्याट्रिक विकेट लिने मौका – Nepal Press

यूएईमाथि ललितको सनसनीपूर्ण बलिङ, ह्याट्रिक विकेट लिने मौका

४.३ ओभरमा ५ रन दिएर लिए तीन विकेट

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपाली बलरहरु यूएईका ब्याट्सम्यानहरुमाथि पूर्ण रुपमा हाबी भएका छन् । यूएईले १०६ रनमा नवौं विकेट गुमाउँदा खेल वर्षाले अवरुद्ध बनेको छ ।

खेल रोकिनु ठिक अगाडि नेपाली स्पिनर ललितसिंह राजवंशीले लगातार बलमा विकेट लिएका थिए । उनले आफ्नो ह्याट्रिक बल भने फ्याक्न पाएका छैनन् । खेल सुचारु लगत्तैको बलमा उनी ह्याट्रिकको खोजीमा हुनेछन् ।

समग्रमा आज ललितले उत्कृष्ट बलिङ गरिरहेका छन् । उनको स्पिन युएईका कुनै पनि ब्याट्सम्यानले बुझ्न सकिरहेका छैनन् । ४.३ ओभर बलिङ गर्दा ललितले जम्मा ५ रन मात्रै खर्चेका छन् भने महत्वपूर्ण तीन विकेट लिइसकेका छन् । अहिलेसम्म उनको बलमा यूएईका ब्याट्सम्यानले एउटा पनि बाउन्ड्री निकाल्न सकेका छैनन् ।

सँधैजस्तो पावरप्लेभित्रै बलिङ गर्न आएका ललितले ९.३ ओभरमा रमिज सहेजादलाई गुल्शन झाको हातबाट क्याचआउट गराएका थिए । यस्तै आफ्नो व्यक्तिगत पाचौं ओभरमा उनले क्रिेजमा सेट भएर खेलिरहेका यूएईका खतरनाक ब्याट्सम्यान आसिफ खानको महत्वपूर्ण विकेट लिए । ललितलाई ठूलो सट खेल्ने चक्करमा उनी आरिफ शेखबाट क्याचआउट हुन पुगेका थिए ।

लगत्तैको बलमा ललितले जाहुर खानलाई पनि आरिफकै हातबाट क्याचआउट गराए । तर, उनले अर्को बल फाल्नुअघि पानी परेर अम्पायरले खेल रोकेका छन् ।

पानी रोकिएर खेल सुचारु भएमा ललितसँग ह्याट्रिक विकेट लिँदै यूएईलाई अलआउट गर्ने अवसर रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर