यूएईको नवौं विकेटपछि वर्षाले खेल रोकियो, खेलमा नेपालको पकड – Nepal Press

यूएईको नवौं विकेटपछि वर्षाले खेल रोकियो, खेलमा नेपालको पकड

काठमाडौं । यूएई प्रिमियर कपअन्तरगत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाले फेरि रोकिएको छ । नेपालले यूएईको नवौं विकेट लिएलगत्तै पानी पर्न सुरु गरेपछि खेल अवरुद्ध बनेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले यूएईलाई सुरुदेखि दवावमा राखेको थियो । यूएईका आसिफ खान बाहेक कसैले पनि नेपाली बलरहरुको मुकाबिला गर्न सकेका छैनन् ।

विश्वकप लिग २ को अन्तिम खेलमा नेपालविरुद्ध सनसनी सतक हानेका आसिफले आज पनि त्यही रुप देखाउने त्राश थियो । तर, ललित सिंह राजवंशीले उनको विकेट लिएसँगै नेपाली समर्थकले सन्तोषको सास फेरेका छन् ।

ललितलाई ठूलो सट खेल्ने प्रयासमा आसिफले विकेट गुमाए । आउट हुनुअघि उनले ५४ बलमा ४६ रन बनाएका थिए ।

वर्षाले खेल अवरुद्ध हुनुअघि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ ।ललितले लगातार बलमा आसिफ खान र जाहुर खानलाई आउट गरेपछि खेल रोकिएको हो । ललित अब ह्याटिकको खोजीमा हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर