वर्षाका कारण टियूमा खेल रोकियो – Nepal Press

वर्षाका कारण टियूमा खेल रोकियो

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो ।

टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ भने, यूएई ब्याटिङमा छ । यूएईले १६ ओभरको समाप्तिमा ६० रन जोडेर ५ विकेट गुमाइसकेको छ ।
आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । केहीदिन देखि लगातार पानी परिरहेका ले आजको खेल पनि अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङको खेल २० ओभर सम्म भए डकवर्थ लुईस पद्धतिबाट खेलको नतिजा लिइनेछ । त्यो पनि हुन नसके र सुपर ओभर गर्ने समय रहे सुपर ओभरबाट नतिजा लिइने छ । पहिलो सुपर ओभर टाई भए , दोस्रो सुपर ओभर हुनेछ । यदि त्यो पनि टाई भए, एकदिवसीय वरियतामा अघि रहेको टिमले एसिया कप खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर