लगातार विकेट गुमाउँदै संकटमा यूएई, ललितले दिलाए नेपाललाई चौथो सफलता – Nepal Press

लगातार विकेट गुमाउँदै संकटमा यूएई, ललितले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालविरुद्ध खेलिरहेको यूएई लगातार विकेट गुमाएसँगै संकटमा परेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ९.१ ओभरमा ४ विकेट गुमाइसकेको छ ।

नेपाललाई चौथो सफलता दिलाउने क्रममा ललित रावजंशीले रमिज शेहजादलाई गुलशन झा बाट क्याच आउट गरे ।

रमिज ५ बल खेल्दा १ रन बनाएर आउट भए ।

यसअघि, करण केसीले आठौँ ओभरको पहिलो बलमै आर्यन लाक्रालाई आसिफ शेखबात क्याच आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिए । लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका करणले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिएका थिए । उनले भृत्यलाई आसिफ शेखबाटै क्याच आउट गरेका हुन् ।

जारी प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका भृत्य ९ बलमा ८ रन बनाएर आउट भए ।

यसअघि, पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए । ८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे ।

यो समाचार लेखिसक्दा यूएईले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ३५ रन जोडको छ । क्रिजम आसिफ खान र रोहन मुस्तफा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर