नेपाललाई तेस्रो सफलता, करणले लिए दुई विकेट – Nepal Press

नेपाललाई तेस्रो सफलता, करणले लिए दुई विकेट

काठमाडौं । तीव्र गतिका बलर करण केसीले दुई विकेट लिएसँगै एससी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।

आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका करणले आठौँ ओभरको पहिलो बलमै आर्यन लाक्रालाई आसिफ शेखबाट क्याच आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिए । लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका करणले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिएका थिए । उनले भृत्यलाई आसिफ शेखबाटै क्याच आउट गरेका हुन् ।

जारी प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका भृत्य ९ बलमा ८ रन बनाएर आउट भए ।
यसअघि, पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए । ८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे ।

यो समाचार लेखिसक्दा यूएईले ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३५ रन जोडको छ । क्रिजम रमिज शहजाद र आसिफ खान छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर