अध्यक्ष तिमिल्सिना कम्बोडिया जाँदै – Nepal Press

अध्यक्ष तिमिल्सिना कम्बोडिया जाँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आज राति कम्बोडिया जाने कार्यक्रम रहेको छ ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि अध्यक्ष तिमिल्सिना आइतबार राति कम्बोडिया जान लागेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भाग लिने कार्यक्रम छ ।

कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वर्ल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वर्ल्ड बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर