कर्णाली प्रदेश सभा अधिवेशन अन्त्य – Nepal Press

कर्णाली प्रदेश सभा अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो चालु अधिवेशन अन्त्य भएको छ । अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुनेछ ।

आइतबार १७ गते दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।

सो निर्णयलाई मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष सिफारिस पत्र बुझाएका थिए ।

प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम दोस्रो कार्यकालको पहिलो चालु अधिवेशन अन्त्य भएको जनाइएको छ । चालु अधिवेशन अन्तर्गत हालसम्म १५ वटा बैठक बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर