गिटीकाे थुप्राेभित्र कुकुरले टाउकाे भेटेपछि… – Nepal Press

गिटीकाे थुप्राेभित्र कुकुरले टाउकाे भेटेपछि…

बैतडी । बैतडीको पाटनमा कुकुरले लग्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको छ । पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिटीबाट कुकुरले तान्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको हो ।

गिटीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको खबर आएपछि प्रहरी घटनास्थल गएको बैतडीका निमित्त प्रहरी प्रमुख लोकराज जोशीले बताए ।

घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको र उक्त गिटी कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *