महावीर पुनको आन्दोलनलाई नेकपा एसको ऐक्यबद्धता, झलनाथ पुगे माइतीघर – Nepal Press

महावीर पुनको आन्दोलनलाई नेकपा एसको ऐक्यबद्धता, झलनाथ पुगे माइतीघर

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई नेकपा एकीकृत समाजवादी पार्टीले ऐक्यबद्धता जनाएको छ। नेकपा एसका सम्मानित नेता झलनाथ खनाल माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका हुन् ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि ऐन पारित गर्नुपर्ने, कोष खडा गर्नुपर्ने, वार्षिक विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने माग राखेका छन् ।

त्यस्तै, अनुसन्धानलाई प्रवर्द्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने, नेपालमा बनेको मोटरसाइकललाई तुरुन्त नम्बर प्लेट दिनुपर्ने, पुराना गाडीहरूलाई विद्युतीय गाडी बनाई चलाउन दिनुपर्ने माग गरेका छन् ।

पुनको माग सम्बोधन गर्न सरकारले औपचारिक वार्ता थालिसकेको छ। वार्ता सकारात्मक भएपछि माग पुरा नभएसम्म आन्दोलन नछाड्ने पक्षमा पुन देखिएका छन् ।

उनको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका शीर्ष नेताहरु नै माइतिघर पुगेर यसअघि नै समर्थन जनाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *