वीर अस्पतालको छतको पर्खाल मक्किएर खस्दा ४ जना घाइते – Nepal Press

वीर अस्पतालको छतको पर्खाल मक्किएर खस्दा ४ जना घाइते

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतकाे पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो ।

अस्पतालका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको थियो । तल्लो तल्लाको टिनमा ठाेक्किएर तल खसेकाले गम्भीर चोट भने नलागेको बुझिएको छ ।

घाइतेहरु खतरामुक्त रहेको अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *