मानसिक समस्यामा थिइन् नर्स अनुमा, पहिले पनि गरेकी थिइन् आत्महत्या प्रयास – Nepal Press

मानसिक समस्यामा थिइन् नर्स अनुमा, पहिले पनि गरेकी थिइन् आत्महत्या प्रयास

काठमाडौं । बोहराटारमा मृत भेटिएकी अनुमा श्रेष्ठ डिप्रेसनबाट पीडित रहेको खुलेको छ । वीर अस्पताल स्रोतकाअनुसार उनले यसअघि पनि आत्महत्या प्रयास गरेकी थिइन् ।

केही महिनाअगाडि विष सेवन गरेकी अनुमाको टिचिङ अस्पतालमा उपचार भएको थियो । केही दिन आईसीयूमा उपचारपछि उनी ठीक भएकी थिइन् ।

बाहिरबाट हेर्दा पछिल्लो समय उनको मानसिक स्वास्थ्य अवस्था सामान्य नै देखिएको एक सहकर्मीले बताए ।

‘अस्तिसम्म अफिस आउनुभएको थियो । आफ्नो कार्यसम्पादन राम्रैसँग गरिरहनुभएकोमा अचानक मृत्युको खबर सुनेर स्तब्ध छौं,’ सँगै काम गर्ने ती कर्मचारीले भने ।

प्रहरीका अनुसार कोशी अस्पतालमा कार्यरत डा. सुजन ढकालसँग लामो समयदेखि अनुमाको प्रेम सम्बन्ध रहेको बुझिएको छ । बोहराटारमा रहेको सुजनको घरमा पनि उनी आउने-जाने गर्थिन् । हिजो दिउँसो उनी जाँदा घरमा सुजनका बुबाआमा र भाइ थिए । सुजन भने काठमाडौंबाहिर रहेको प्रहरी स्रोतले बतायो ।

कोठाभित्र चुकुल लगाएर झुण्डिएको अवस्थामा अनुमानको शव भेटिएको थियो । उनको साथबाट एउटा डायरी प्राप्त भएको छ । डायरीमा उनले आफ्नो जीवन भोगाइहरु लेखेकी छन् । त्यसमा आत्महत्या गर्ने मनसाय उल्लेख नरहेको प्रहरीले स्रोत बताउँछ । यद्यपि, सुजनले विवाह गर्न नमानेका कारण आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

अनुमा वीर अस्पतालमा सातौं तहमा कार्यरत थिइन् । आत्महत्या गर्नुअघि प्रेमीसँगको तस्बिर फेसबुकमा पोष्ट गरेको बताइएको छ ।

प्रतिक्रिया

One thought on “मानसिक समस्यामा थिइन् नर्स अनुमा, पहिले पनि गरेकी थिइन् आत्महत्या प्रयास

  1. मन्सिक समस्यामा रहेकी नर्स,तेहि माथी यो भन्दा अघि पनि बीस सेवन गरि सकेकी अनुसन्धान गर्दा राम्रो सङ्ग गर्नु होला बिचरा डा.ढकाल निर्दोस पनि त हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *