डाक्टरको घरमा मृत भेटिइन् नर्स प्रेमिका – Nepal Press

डाक्टरको घरमा मृत भेटिइन् नर्स प्रेमिका

काठमाडौं । काठमाडौंको बोहराटारस्थित डाक्टर सुजन ढकालको घरमा एक नर्स मृत अवस्थामा भेटिएकी छन् ।

वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ डा. ढकालको घरमा मृत भेटिएकी हुन् । ढकाल कोशी अस्पतालमा कार्यरत छन् ।

घटनास्थलमा प्रहरीले श्रेष्ठको शवसँगै एक डायरी पनि भेटिएको जनाएको छ ।

डायरीमा उनले ढकालसँगको अफेयर र आत्महत्या गर्नुको कारण लगायतका विषय लेखेको पाइएको प्रहरी स्रोतले जनाएको छ।

उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए । केटा पक्षले अहिले विवाह गर्न नमान्दा सुसाइड नोट छाडेर श्रेष्ठले आत्महत्या गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *