भाँडा पसलकै चक्कुले निराको हत्या, लुगा फेरेर भागेका थिए आरोपी – Nepal Press

भाँडा पसलकै चक्कुले निराको हत्या, लुगा फेरेर भागेका थिए आरोपी

काठमाडौं । काठमाडौंको सरस्वतीनगरमा वैशाख १० गते निरा आचार्यको हत्यामा उनकै भाँडा पसलको चक्कु प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ ।

हत्या गरेर चारदिन काठमाडौंमा नै बसेका आरोपी विनोद विश्वकर्मा १२ गतेमात्रै झापा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएका विकको भनाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘घटना वैशाख ७ गते घटेपछि १२ गतेसम्म काठमाडौंमा नै थिए । चारदिनपछि मात्रै झापा गएको हुँ ।’

निराको मुख थुनेर पसलमा रहेको चक्कु प्रहार गरी आफूले नै हत्या गरेको उनले स्वीकार गरेका छन् ।

घटनापछि उनले पसलभित्रै लुगा फेरेर भागेको बताएका छन् । प्रहरीका अनुसार घटनास्थलमा मास्कबाहेक उनको लुगा पनि भेटिएको छ । सम्भावित सीसी टिभी फुटेज वा आफ्नो हुलियाको प्रमाण नहोस् भनेर उनीभित्र जाँदा एउटा र हत्या गरेर फर्किँदा अर्कै लुगा लगाएको अनुसन्धानमा संलग्न एक अधिकारीको आशंका छ ।

उनले सिक्रीसँगै केही नगद पैसा पनि लगेर गएको बुझिएको प्रहरीले जनाएको छ । सिक्री भने प्रहरीले बरामद गरेको छ ।

प्रहरीले उनलाई केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *