सरकार र महावीर पुनबीच वार्ता शुरू, उपप्रधानमन्त्री खड्काले थाले सहमतिको पहल
नेपाल प्रेस
२०८० वैशाख १७ गते १३:०७
काठमाडौं । विभिन्न ४ बुँदे माग राखेर सडक आन्दोलन थालेका महावीर पुनसँग सरकारले वार्ता थालेको छ ।
अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच रक्षामन्त्रालयमा वार्ता भइरहेको छ ।
वार्तामा मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्तसरकार गम्भीर नभएको भन्दै विभिन्न मागसहित शुक्रबार बिहानबाट माइतीघर मण्डलाबाट सडक आन्दोलनमा छन् ।
महावीरको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, सर्वसाधारणले ऐक्यवद्धता जनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर