राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन सक्ने, स्वदेश फर्कने अझै छैन टुगो – Nepal Press

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन सक्ने, स्वदेश फर्कने अझै छैन टुगो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार अखिल भारतीय आयुर्विज्ञान अस्पतालमा (एम्स अस्पताल)मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् ।

‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले आइतबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन्,’ नेपाली दूतावासले भनेको छ ।

छातीमा जमेको पानीमा संक्रमण देखा परे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए ।

गत वैशाख ६ गते श्री एयरलाइन्सको एअर एम्बुलेन्समाफत नयाँ दिल्ली गएका पौडेल दश दिन पछि डिस्चार्ज हुन लागेका हुन् । छातीमा समस्या देखा परे पछि उनी ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
सो अघि पनि पेटमा समस्या देखा परेको भन्दै राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *