सरस्वतीनगर हत्याकाण्ड : आशंकितसँग सोधपुछ शुरु – Nepal Press

सरस्वतीनगर हत्याकाण्ड : आशंकितसँग सोधपुछ शुरु

काठमाडौं । प्रहरीले सरस्वतीनगर हत्याकाण्डको अनुसन्धान प्रगति उन्मुख भएको जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरी नियन्त्रणमा रहेकाहरूसँग सोधपुछ सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।

७ वैशाखमा काठमाडौंको चावहिलस्थित सरस्वतीनगरमा अज्ञात हतियारधारीद्वारा मारिएकी नीरा पाण्डे आचार्यको हत्या भएको थियो ।

हत्याको कारण, संलग्न व्यक्ति र योजनाकार पहिचान नजिक भएको काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए ।

‘हामी अनुसन्धानको क्रममा छौँ, अन्य युनिट र हाम्रोबीच अनुसन्धान कार्यमा सहकार्य भइरहेको छ’, उनले भने ।

प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) ले एआइजी किरण बज्राचार्यको नेतृत्वमा अर्को छानबिन टोली बनाएपछि अनुसन्धान कार्य झन् गतिका साथ अगाडि बढेको उनी बताउँछन् ।

‘उहाँहरूले हामीले गरिरहेको कामको अनुगमन गर्नुहुन्छ र हामी सँगसँगै काममा तल्लीन छौँ’, डा. केसी भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर