ओमानलाई डकवर्थ लुइस पद्धतिमा हराउँदै यूएई फाइनलमा, नेपालसँगको भेट पक्का – Nepal Press

ओमानलाई डकवर्थ लुइस पद्धतिमा हराउँदै यूएई फाइनलमा, नेपालसँगको भेट पक्का

काठमाडौं । ओमानलाई डकवर्थ लुईस पद्धतिमा २ रनले पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा पुगेसँगै यूएईको भेट नेपालसँग पक्का भएको छ ।

मुलपानी मैदानमा भएको खेलमा यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानलाई पुरै खेल भएको भए जितका लागि ४२ बलमा ४७ रनको आवश्यकता थियो ।

तर, ४३ ओभरको समाप्तिसँगै पानी परेपछि खेल हुन सकेन । १ सय ९० रन बनाउँदा ६ विकेट गुमाएको ओमान यूएईसँग २ रनले पछि रह्यो । र, बाँकी खेल हुन नसक्दा यूएईले फाइनल यात्रा तय गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर