कैलालीमा बुवाले गरे छोराको हत्या – Nepal Press

कैलालीमा बुवाले गरे छोराको हत्या

धनगढी । कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४७ वर्षीय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन्।

अर्जुनलाई घरदेखि करिब १५० मिटर टाढा जङ्गलमा लगेर टाउकोमा इट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ।

अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसर्पण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले छोराको टाउकोमा ईटा प्रहार गरेर हत्या गरेको बताए तर हत्या गर्नुको कारण भने खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *