कांग्रेस नेता चन्द्र भण्डारी भोलि स्वदेश फर्किँदै – Nepal Press

कांग्रेस नेता चन्द्र भण्डारी भोलि स्वदेश फर्किँदै

रुपन्देही । घरमै ग्यास लिक भएर भएको आगलागीमा गम्भीर घाइते भई फागुन ४ गतेदेखि भारतमा उपपचाररत कांग्रेस नेता तथा संघीय सांसद डा. चन्द्र भण्डारी भोलि स्वदेश फर्कने भएका छन् ।

फागुन ३ गते राति काठमाण्डौं बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा उनकी आमा हरिकला र उनी गम्भीर घाइते भएका थिए ।

आमाको अर्को दिन किर्तिपुरस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो भने चन्द्रलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्सबाट मुम्बई लगिएको थियो ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका उनी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए ।

उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । चिकित्सकका अनुसार पछिल्लो समय डा।भण्डारीको स्वास्थ्यमा सुधार आएको, बोल्न र हिँड्न थालेकोे न्यौपानेले जनाएका छन् । नेपाल फर्केसँगै घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *