नेपालले लगातार तीन विकेट गुमायो, भिम र आसिफ पनि आउट – Nepal Press

नेपालले लगातार तीन विकेट गुमायो, भिम र आसिफ पनि आउट

काठमाडौं । एसीसी प्रिमियर कपको जारि सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थाल्दै राम्रो सुरुआत गरेको नेपालले पाओर प्लेको समाप्तिमा कुनै पनि विकेट गुमाएको थिएन । तर, १२.१ ओभरमा नेपालले तीन विकेट गुमाइसकेको छ ।

ओपनर कुशल भुर्तेल १०.५ ओभरमा अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याचआउट हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । उन्ले आउट हुनु अघि, आसिफ शेखसँग ७७ रनको साझेदारि गरेका थिए ।

त्यसपछि, तेस्रो नम्बरमा क्रिजमा आएका भिम सार्की ४ बल खेलेर १ रन जोड्दै ११.३ ओभरमा पभेलियन फर्किए । कुशल भुर्तेलसँगको साझेदारि गर्दै राम्रो सुरुआत गरेका आसिफ शेख १२.२ ओभरमा अदनन् इद्रिसको बलमै यासिन पटेलबाट क्याचआउट भए ।
यो समचार लेखिसक्दा नेपालले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाउँदै ९१ रन जोडेको छ । क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर