अस्थिर अंकगणित भएको संसदमा प्रतिपक्षबाट सत्तापक्षमा जाने दुरी छोटो हुन्छ : योगेश भट्टराई – Nepal Press

अस्थिर अंकगणित भएको संसदमा प्रतिपक्षबाट सत्तापक्षमा जाने दुरी छोटो हुन्छ : योगेश भट्टराई

रास्वपामा पनि अवसरवाद र सत्ताको लोभ देखिएको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि अवसरवाद र सत्ताको लोभ देखिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकबाट बाहिँरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष १० को सहमति एमालेसँग मात्रै नतोडेको बताए ।

रास्वपाले सरकारलाई दिएको समर्थन पहिल्यै फिर्ता गर्नुपर्ने उल्लेख गर्दै अहिले प्रतिपक्ष दलको बेञ्चमा स्वागत गर्न तयार रहेको बताए ।

नयाँ परिस्थिति बनेर एमालेलाई नयाँ अवसर आउँछ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षको दुरी धेरै लामो छैन । अस्थिर अंकगणित भएको संसदमा कुनैपनि बेला हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर