एसईई दिएकालाई क्याम्ब्रिजको ए लेभल काउन्सिलिङ, कसरी बन्यो जेभियर इन्टरनेशनल ‘वर्ल्ड टपर’ ? – Nepal Press

एसईई दिएकालाई क्याम्ब्रिजको ए लेभल काउन्सिलिङ, कसरी बन्यो जेभियर इन्टरनेशनल ‘वर्ल्ड टपर’ ?

काठमाडौं । बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट सम्बन्धन प्राप्त ए लेभलको पढाइ नेपालमा कस्तो भइरहेको छ भन्ने सन्दर्भमा ब्रिटिश काउन्सिल र जेभियर इन्टरनेशल कलेजको आयोजनामा विद्यार्थी तथा अभिभावकका लागि विशेष सेमिनार आयोजना गरिएको छ ।

एसईईको परीक्षा दिएर उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि जेभियर इन्टरनेशनल कलेजले ए लेभल तयारी र यसको महत्वबारे आयोजना गरेको सेमिनारमा ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर तथा परीक्षा प्रमुख म्याक्सिम राइमनले विशेष प्रस्तुति दिएका थिए ।

प्लस टुतर्फ हरेक वर्ष ९५ प्रतिशतभन्दा माथिको रिजल्ट निकालिरहेको जेभियर इन्टरनेशलन कलेजले ए लभेलमा समेत २ पटक वर्ल्ड टप र धेरैपटक नेपाल टप गरेको जानकारी सो अवसरमा दिइएको थियो । राइमनले कसरी ए लेभलमा उत्कृष्ट बन्न सकिन्छ भन्ने विषयलाई पावर प्वाइन्ट प्रस्तुति दिएका थिए ।

ए लेभलमा जेभियर इन्टरनेशनल कलेजका सुमन भण्डारीले गणित विषयमा र ऋतिक यादवले कम्प्युटरमा वर्ल्ड टप गर्दै दुईपटक वर्ल्ड टप रिजल्ट ल्याउन सफल भएको कार्यक्रममा जानकारी दिइयो । उनले जेभियर इन्टरनेशनल कलेजले ए लेभलमा नेपालबाट उत्कृष्ट विद्यार्थी निकालेको बताए ।

रिजल्टका आधारमा क्याम्ब्रिज इन्टरनेशनल र ब्रिटिश काउन्सिलले जेभियर इन्टरनेशनल कलेजलाई एक अन्तर्राष्ट्रियस्तरको कलेजको मान्यता दिइएको उनले बताए । नेपालमा करिब एक दर्जन कलेजमा ए लेभल पढाइ हुन्छ । त्यसमध्ये कालोपुलस्थित जेभियर इन्टरनेशनलको रिजल्ट र विद्यार्थीको व्यापकतालाई आफूहरुले रुचिपूर्वक हेरेको राइमनले बताए ।

के हो ए लेभल ?

ब्रिटिश काउन्सिलका राइमनका अनुसार ए लेभल संसारभर एउटै शैक्षिक कार्यक्रम हो । यसलाई नेपालको शिक्षासँग तुलना गर्दा प्लस टुसरह मानिन्छ । जसरी दश जोड दुईको कोर्ष २ वर्षको हुन्छ, ए लेभलको पनि त्यही नै हो । ११ कक्षालाई AS र १२ कक्षालाई A2 भनिन्छ । यी दुवै कोर्ष सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ ।

क्याम्ब्रिज विश्वविद्यालयको जीसीईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने र एउटै समयमा परीक्षा गर्ने तथा एउटै समयमा नतिजा निकाल्ने गरेको छ । विश्वका प्रायःजसो ख्याति प्राप्त विश्वविद्यालयमा प्रवेश पाउन ए लेभललाई फलामे ढोकाका रुपमा लिएको सो कार्यक्रममा जानकारी दिइयो ।

ए लेभलका विशेषता

ए लेभलमा ६० वटा विषयमध्ये विद्यार्थीले आफ्नो रुचि, देशको अवस्था सुहाउँदो हुने गरी छानेर पढ्न पाउँछन् । यसको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गरेको हुन्छ ।

विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट यसको पठनपाठन हुन्छ । विद्यार्थीले ६० विषयमध्ये कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ । तर, विद्यार्थीले चाहे थप विषयमा परीक्षा दिन सक्ने जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए ।

यसले विश्वविद्यालय शिक्षाका लागि श्रेष्ठता कायम गरेको छ । ए लेभल पढेका विद्यार्थीले बेलायत, अमेरिका, क्यानडा र युरोपका सबै मुलुकका विश्वविद्यालयको ४ वर्षे कोर्षमा ३ वर्षमात्र पढे पुग्छ । किनकि ए लेभल पास गरेकाहरुले ४ वर्ष पढ्न नपर्ने मान्यता छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *