सांसद कोइरीबारे कुनै जानकारी छैन : सभामुख – Nepal Press

सांसद कोइरीबारे कुनै जानकारी छैन : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी नभएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद कोइलीबारे जिज्ञासा राखेपछि सभामुखले जवाफ दिएको हुन् ।

उनले सभालाई जानकारी गराउँदै भने, ‘लक्ष्मी महतो कोइरीका सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ का सम्बन्धमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको व्यहोरा म जानकारी गराउन चाहन्छु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर