आलोपालो प्रदेश सरकारबारे माधव नेपाल भन्छन्- अरुलाई उपदेश दिन्छन्, उनीहरूले पाए छाड्थे ? (भिडिओ) – Nepal Press

आलोपालो प्रदेश सरकारबारे माधव नेपाल भन्छन्- अरुलाई उपदेश दिन्छन्, उनीहरूले पाए छाड्थे ? (भिडिओ)

विप्लवलाई पनि समाजवादी मोर्चामा ल्याउन कुरा भइरहेको भनाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने प्रष्ट्याएका छन् ।

शुक्रबार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेको र नेकपा एस पनि प्रदेश सरकारमा सामेल हुने बताए । जनमत नै मिलेर सरकार बनाउने रहेको भन्दै उनले संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूबीच भागबन्डा हुने बताए ।

कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माण्मा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने नेता नेपालको भनाई थियो ।

उनले भने, ‘कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ? अरुलाई बडो उपदेश दिने मान्छेहरु । जब जनताले नै तपाईँहरू मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरी गर्छन् के ? किनकी त्यो पार्टीसँग पनि कार्यकर्ता हुन्छन् । जनमत पनि हुन्छ । त्यसो हुनाले अरु पार्टीको भावनालाई पनि ध्यानमा राख्नुपर्छ ।’

नेपालले थपे, ‘हाम्रो पार्टी प्रदेश सरकारहरूमा सहभागी हुनेछ । कसरी हुन्छ ? कतिजना हुन्छ ? भन्ने कुराहरू बसेर छलफल भइसकेपछि टुंगो लाग्नेछ । एउटै पार्टीको बहुमत नभएको हुनाले अरु पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखेर अरुले पनि दाबी गर्ने स्थितिमा गठबन्धनका अरु घटकले पनि मौका पाउनेछन् । यसमा को-को सहभागी हुने हुन् अझै स्पष्ट छैन ।’

समाजवादमा प्रतिवद्ध हुने पार्टीहरूका बीच समाजवादी मोर्चा बनाउने तयारी भइरहेको भन्दै उनले यसमा विप्लवलाई पनि मिसाउनेबारे छलफल भइरहेको जानकारी गराए ।

उनले भने, ‘समाजवाद भनेको समानता र सामाजिक न्याय, विकास र समृद्धिको अर्को नाम हो । त्यसमा प्रतिवद्ध भएको पार्टीहरूको बीचमा हामी समाजवादी मोर्चा बनाउने सोच बनाइरहेका छौं । यसको निम्ति नेकपा एस, माओवादी र जसपालाई एकतावद्ध गर्नुको साथसाथै नेकपा विप्लव समूहसँग पनि कुरा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर