अयोग्य लडाकुको नाममा पैसा बाँडेर सरकारले देशलाई टाट पल्टाउन खोजेको युवा संघको आरोप – Nepal Press

अयोग्य लडाकुको नाममा पैसा बाँडेर सरकारले देशलाई टाट पल्टाउन खोजेको युवा संघको आरोप

अर्थमन्त्रीलाई ज्ञापनपत्र- अर्थतन्त्र उकास्न प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिनुपर्छ

काठमाडौं । अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको तयारीविरुद्ध राष्ट्रिय युवासंघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। युवा संघका अध्यक्ष क्षितिज थेवे नेतृत्वको युवा संघको टोलीले अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएका हुन्।

सुमृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्ने जिम्मेवारी बोकेको राज्यसत्ताले देशको अर्थतन्त्र दिनप्रतिदिन खस्किँदै गएको, निजी क्षेत्रका उद्योग धन्दा धरासायी बन्दै गएको, महंगीले आकाश छोएको कारण जनजीवीका कष्टप्रद बन्दै गएको बेलामा लडाकु र नक्कली लडाकुहरुको नाममा विगतमा भएको घोटाला भएकोबारे युवा संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दा विद्यमान रहेको अवस्थामा सरकारले पैसा बाँड्ने काम गर्न लागेकोप्रति आपत्ति जनाएको छ।

देशमो अर्थतन्त्र उकास्न प्राथसमकताका आधारमा लगानु गर्नुको साट्टो उल्टै सरकारले १८ बर्षपछि पूर्व अयोग्य लडाकुको नाममा अर्बौं रुपैयाँ राज्य कोषबाट बाँड्ने तयारी गरिने देशलाई टाट पल्टाउने र नीतिगत भ्रष्टाचार गरी अमुक रकम कुम्ल्याउने खेल भएको आरोप लगाएको छ।

देशको अर्थतन्त्र उकास्न ७ बुँदे माग पूरा गर्न सरकारसँग माग गरेको छ। युवा संघले ५ बर्षभित्र चुक्ता गरिसक्ने गरी सहुलियत दरका प्रमाणपत्र धितोका आधारमा २५ लाखसम्म ऋण प्रवाह गर्ने समेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर