एमाले अध्यक्ष ओलीमाथि आक्रमणको लुम्बिनी र रुपन्देही पार्टी कमिटीको विरोध – Nepal Press

एमाले अध्यक्ष ओलीमाथि आक्रमणको लुम्बिनी र रुपन्देही पार्टी कमिटीको विरोध

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमण प्रयास भएको घटनाप्रति एमाले लुम्बिनी प्रदेश कमिटी र जिल्ला कमिटी रुपन्देहीले निन्दा एवं भत्र्सना गरेका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल र जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीद्वारा शुक्रबार जारी विज्ञप्तीमा ‘कोशी प्रदेश’को नामाकरण संविधान र कानुनबमोजिम प्रक्रियागत ढंगले टुंगो लागिसकेको विषयमा सत्तारुढ दलकै नेता कार्यकर्तालाई उचालेर यस प्रकारका कुकर्म गर्नु आपत्तिजनक र खेदजनक भएको उल्लेख गरिएको छ ।

नेपालको संविधान २०७२ को धारा २८८ को उपधारा को २ ले गरेको व्यवस्था अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने गरी ब्यवस्था गरिएको तर्फ सम्वन्धित सवैको ध्यानाकर्षण गराउँछौ’विज्ञप्तीमा भनिएको छ ।

संविधानअनुरुप प्रदेशसभाले गरेको निर्णयलाई मुलुकको प्रधानमन्त्रीजस्तो जिम्मेवार ब्यक्तिले गलत भएको अभिब्यक्ति दिनुले प्रदेशसभाको निर्णयलाई अवमूल्यन गरेको र अराजक तथा उद्ण्डतालाई प्रश्रय दिदै संविधान, कानुन र प्रचलित मूल्य मान्यतालाई धज्जी उडाउने काम भएकोले यस्ता कार्यको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुने विज्ञप्तीमा उल्लेख छ ।

गैरजिम्मेवार अभिब्यक्तिमार्फत् सामाजिक सद्भाव र एकतालाई कमजोर बनाउने र साम्प्रदायिक विद्वेष फैलाउने प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा माफी माग्न,अपराधिकरणतर्फ उन्मुख ब्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गरी कानुनी शासनको प्रत्याभूति गराउन एमालेका दुवै कमिटीले माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर