हिमानीको फेक अकाउन्टमा लेखिएको ट्विटले ओली उत्तेजित – Nepal Press

हिमानीको फेक अकाउन्टमा लेखिएको ट्विटले ओली उत्तेजित

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज एक कार्यक्रममा पूर्वराजपरिवारमाथि खनिए । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी बुहारी हिमानीमाथि उत्तेजक टिप्पणी गरे ।

इलाम बजारमा आयोजित पार्टीको मिसन ग्रासरुट कार्यक्रममा सम्वोधनका क्रममा ओलीले आफूमाथि केही दिनअघि इलाममै भएको ‘आक्रमण प्रयास’ को सन्दर्भ निकालेका थिए । उनले ‘आक्रमण’मा प्रचण्ड र माधव नेपालका कार्यकर्ता संलग्न रहेको आरोप लगाउनुका साथै पूर्वराजपरिवारलाई समेत अनावश्यकरुपले मुछ्न पुगे ।

पूर्वयुवराज्ञी हिमानीले आफ्नो विरुद्धमा ट्विट गरेको ओलीको दावी थियो ।

उनको भनाइ यस्तो थियोः
‘…यो कुराको लहरो कहाँ कहाँ छ भनेर प्रकट भइहाल्छ । ज्ञानेन्द्र शाह, उसका परिवार, उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हान्या देखिन् । अनि ट्विट गरीगरीकन जनताले केपी ओलीलाई ढुंगा हाने… । मैले यसको जवाफ दिनु नपरोस, ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर । बढ्दा फुरफुर गर्ने होइन । हामीले धेरै हिसाबकिताब नगरेर छोड्या छौं । हाम्रा साथीहरुलाई जेलबाट बाहिर निकालेर ड्याङ ड्याङ गोली हानेर मार्दा छोड्या छौं । चमैतामा गोली हानेर मार्दा छोड्या छौं । अनेक हिसाबकिताब गरेका छैनौं । अनेक हिसाबकिताब… म भन्दैछु अनेक हिसाबकिताब गर्‍या छैनौं । हामी सहनसील भएका हौं । हिसाबकिताब गर्न सुरु गर्नु नपरोस । छोराबुहारी धेरै अगाडि सारेर फुरफुर नगर म चेतावनी दिन्छु ।’

ओली सामाजिक सञ्जालमा निकै अपडेटेड नेता हुन् । तर, यहाँ उनले एउटा फेक ट्विटर अकाउन्टलाई उद्वृत गर्न पुगे । पूर्वराजा र हिमानीका नाममा फेसबुक र ट्विटरमा कयौं पेजहरु खोलिएका छन् । तर, कुनै पनि आधिकारिक पुष्टि भएका छैनन् । पूर्वराजाको सामाजिक सञ्जाल अकाउन्ट नरहेको भनेर उनको सचिवालयले पटकपटक भनिसकेको छ । हिमानीको पनि कुनै आधिकारिक पेज छैन ।

हिमानी शाहका नाममा खोलिएको एउटा ट्विटर अकाउन्टमा हिजो ओलीको बारेमा ट्विट भएको थियो । त्यसमा लेखिएको थियो, ‘झापामा केपी ओलीको गाडीमाथि ढुंगामुढा गर्दै जनताले कालो झण्डा देखाएका छन् ।’

करिब पाँच हजार फलोअर्स रहेको यो ट्विट अकाउन्ट नक्कली हो भन्ने एक झलकै ठहर्याउन सकिन्छ । ओलीजस्ता सोसलमिडिया फ्रेन्डली नेता कसरी झुक्किए आफैंमा आश्चयजनक छ ।

प्रतिक्रिया

2 thoughts on “हिमानीको फेक अकाउन्टमा लेखिएको ट्विटले ओली उत्तेजित

  1. हिसाब हामिले नि तिम्रो र तिम्रा भरौटेहरुको राखेका छम गुखाने !! धेरै नझ्याक केही नेपर्न सक्ने हैन स्याल भुकाइ गर ।। स्याललाइ काल आएसी शहर पस्छ अरे त्यस्तै तिमिलाइ नि भएजस्तो लाग्यो गुखाने ।

  2. जनताको अधिकार विरूद्ध बोल्ने दुस्साहस नगरेको राम्रो हिजोका राजा रजौटाले जनताको छोराछोरीले राज्य संचालन गर्ने हो र दासहरू पनि नबौलाएको राम्रो हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर