अयोग्य लडाकुलाई पैसा दिने तयारीविरुद्ध अखिलको विरोध, सरकारले लुटतन्त्र मच्चाएको आरोप (तस्बिरहरू) – Nepal Press

अयोग्य लडाकुलाई पैसा दिने तयारीविरुद्ध अखिलको विरोध, सरकारले लुटतन्त्र मच्चाएको आरोप (तस्बिरहरू)

काठमाडौं । अयोग्य लडाकुलाई रकम बाँड्ने प्रचण्ड सरकारको तयारीविरुद्ध एमालेनिकट अनेरास्ववियुले विरोध गरेको छ ।

काठमाडौंको आरआर क्याम्पसअगाडि अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । अयोग्य लडाकुलाई दुई लाख दिन कार्यविधि पास गरी अर्थ मन्त्रालयले एक अर्ब ४० लाख छुट्याएकोमा यो लुटतन्त्र भएको भन्दै आफूहरूले विरोध गरेको अखिलका महासचिव नरेश रोकायाले बताए ।

प्रदर्शनकारीले ‘अयोग्य लडाकुको नाममा भ्रष्टाचार बन्द गर, अयोग्य लडाकुलाई पैसा होइन सीपमूलक तालिम देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेका थिए ।

केहि प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गर्दै धरपकड गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर