नक्कली नोट छाप्ने मेसिनसहित ललितपुरबाट २ जना पक्राउ – Nepal Press

नक्कली नोट छाप्ने मेसिनसहित ललितपुरबाट २ जना पक्राउ

काठमाडौं । ललितपुर प्रहरीले नक्कली नेपाली नोट छाप्ने मेसिनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ स्थायी घर भई ललितपुरको झरुवारासी बस्दै आएका ३६ वर्षीय सुरेश तामाङ र कास्कीको मादी गाउँपालिका-१ स्थायी ठेगाना भएका २१ भुपाल विक छन् ।

उनीहरूको साथबाट एक सय, ५ सय र एक हजार दरका नक्कली नेपाली नोट तथा त्यो छाप्न प्रयोग गरिने मेसिन पनि बरामद भएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *