सुरक्षा चुनौती बढेको भन्दै एमालेले गरायो गृहमन्त्रीको ध्यानाकर्षण – Nepal Press

सुरक्षा चुनौती बढेको भन्दै एमालेले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकमा शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार सिंहदरबारमा एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुलुकको शान्तिसुरक्षामा अत्यन्त ठूलो चुनौती देखापरेको भन्दै शान्तिसुरक्षा सुव्यवस्था कायम गर्न ध्यानाकर्षण गराएका हुन् ।

झापामा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमणको प्रयास भएको र उक्त घटनामा संलग्नलाई छिटोभन्दा छिटो कानूनी दायरामा ल्याई कारवाही गर्न ध्यानाकर्षण गराइएको एमाले नेता राजन भट्टराईले बताए ।

उनले यस्ता प्रवृत्तिहरूलाई राज्यकै तर्फबाट स्वयं प्रधानमन्त्रीले प्रोत्साहन गर्न खोजेको देखिएको आरोप लगाए । त्यस्तै काठमाडौं महानगर- ६ सरस्वतीनगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई पक्राउ गर्न तदारुकता नदेखाएकाले छिटोभन्दा छिटो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको भट्टराईले बताए ।

नागरिकले सुरक्षाको महसुस गर्न नसकेकाले सरकार रहेको महसुस हुन नसकेको र सरकार असफल हुँदै गएको उनको टिप्पणी छ ।

एमालेका नेताहरूको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले घटनाप्रति सरकार गम्भीर रहेको र छिटो भन्दा छिटो दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएकव भट्टराइले बताए । आफ्ना नेताहरूको सुरक्षाका लागि एमालेका पंक्ति लाग्नुपर्ने स्थीति आए दुर्भाग्य हुने उनको चेतावनी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर