गण्डकीमा कांग्रेसका सुरेन्द्रलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले गरे दाबी – Nepal Press

गण्डकीमा कांग्रेसका सुरेन्द्रलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले गरे दाबी

पोखरा । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र नेता पाण्डेले दाबी पेश गरेका हुन् ।

गोरखा २ ‍(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा ३५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर