समाजवादी प्रेस संगठनको अधिवेशन मिति तय – Nepal Press

समाजवादी प्रेस संगठनको अधिवेशन मिति तय

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको अधिवेशन जेठ २६-२७ मा हुने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले पहिलो अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको महासचिव भूपराज खड्काले बताए ।

सचिवालये बैठकले २०८० वैशाख मसान्त भित्र सदस्यता अद्यावधिक गरी सक्ने र वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको छ ।

साथै बैठकले अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रवन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समिति गठन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर