पासाङ शेर्पाको दाबी- आन्दोलनकारीको उद्देश्य पहिचान स्थापित गर्ने होइन एमालेमाथि प्रहार गर्ने रहेछ – Nepal Press

पासाङ शेर्पाको दाबी- आन्दोलनकारीको उद्देश्य पहिचान स्थापित गर्ने होइन एमालेमाथि प्रहार गर्ने रहेछ

काठमाडौं । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले बुधबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी झापाको बुधबारे क्षेत्रमा गरिएको हमलाको निन्दा गरेको छ ।

महासंघका अध्यक्ष पासाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘पहिचानको आन्दोलनको नाममा विगत केही दिनयता कोशी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरु र नेकपा (एमाले) का नेताहरूमाथि मात्र लक्षित गरी व्यक्तिगत गालीगलौज, सामाजिक दुर्व्यवहार र भौतिक हमला गर्ने जस्ता निकृष्ट किसिमका कुकृत्यहरूकै निरन्तरताको रुपमा प्रकट भएको यो घटनाबाट आन्दोलनकारीहरुको अभीष्ट पहिचान स्थापित गर्नु नभई नेकपा (एमाले) माथि सुनियोजित किसिमले प्रहार गर्नु मात्र रहेछ भन्ने तथ्य प्रमाणित भएको छ ।’

कुनै अमूक राजनीतिक दलको झण्डा र व्यानरको पृष्ठभूमिमा परिचालित आन्दोलनकारीहरूका यस्ता हर्कतहरु नेकपा (एमाले) को बढ्दो लोकप्रियताबाट विचलित मानसिकताको उपजबाहेक केही हुन नसक्ने उल्लेख गरेका छन् ।

सामाजिक सद्भाव/एकतालाई कमजोर बनाउने, साम्प्रदायिक विद्वेश फैलाउने र क्रमशः अपराधीकरण तर्फ उन्मुख यस्तो वद्नाम आन्दोलनले अन्ततः सिंगो आदिवासी जनजाति आन्दोलन र पहिचानको मुद्दालाई नै ध्वस्त पार्ने विज्ञप्तिमा भनिएको छ ।

असामाजिक, अराजनीतिक र अराजक गतिविधिहरुमा संलग्न नहुन र सामाजिक न्याय एवं संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको पक्षमा दृढतापूर्वक उभिन एमाले सम्बद्ध आदिवासी जनजाति समुदायलगायतलाई अपील गरेका छन् ।

प्रतिक्रिया

One thought on “पासाङ शेर्पाको दाबी- आन्दोलनकारीको उद्देश्य पहिचान स्थापित गर्ने होइन एमालेमाथि प्रहार गर्ने रहेछ

  1. पहिचानवादी भनेका दिल्लीका एजेण्ट हुन् । नोकरको मुख्य काम एमालेलाई प्रहार गर्नु हो । पहिचानको ठेकेदार भन्ने माओवादीले समेत भोट हालेर कोशी नामाकरण भएको हो । माओवादी माथि प्रहार नहुनु र एमालेमाथि प्रहार हुनु भनेको दिल्लीले खटाएका गुण्डाहरूको काम हो । खबरदार गुण्डाहरू ! एमालेले जाईलाग्दा फेरि सकिन्छौ नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर